Comments Add Comment

गोरखाको भीमसेन थापा गाउँपालिकाको केन्द्र विवाद मिल्यो, अब खान्चोकमा राखिने

८९ दिनदेखिको रिले अनशन तोडियो

३१ वैशाख, गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिकाको केन्द्र विवाद टुंगिएको छ । यसअघि बगुवामा रहेको केन्द्रलाई घ्याम्पेशाल सारेपछि सुरु भएको विवाद खान्चोकमा राख्ने सहमतिसँगै मिलेको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचका छलफलले गाउँपालिकाको केन्द्र खान्चोकमा राख्ने, अधिकतम विषयगत कार्यालय घ्याम्पेशालमा राख्ने र केही कार्यालयहरु बगुवामा नै राख्ने सहमति भएपछि केन्द्र विवाद संघर्ष समितिका संयोजक प्रेमचन्द्र श्रेष्ठले बताए ।

गाउँ कार्यपालिकाको बैठकको बहुमतले केन्द्र घ्याम्पेशालमा राख्ने निर्णय गरेपछि बगुवाका स्थानीय वासिन्दाले संघर्ष समिति बनाएर ८९ दिनदेखि रिले अनशन जारी राखेका थिए । केन्द्र विवाद टुंगिएसँगै रिले अनशन पनि अन्त्य भएको छ । सहमतिसँगै संघर्ष समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने भएको छ ।

गाउँ कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत रहेकाले कांग्रेसबाट निर्वाचित अध्यक्षसहितका जनप्रतिनिधिले बहुमतबाट केन्द्र सार्ने निर्णय गरेका थिए । तर नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका थिए । अन्त्यमा दुई पार्टीबीचको सहमतिमा केन्द्र विवाद समाधान गरिएको हो । गाउँकार्यपालिकाको बैठकले उक्त सहमतिहरु कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए ।

गत कात्तिक १९ गते गाउँकार्यपालिकाको बैठकले वगुवामा रहेको केन्द्र घ्याम्पेशाल सार्ने निर्णय गरेर मन्त्रिपरिषदमा पत्राचार गरेको थियो । २०७४ पुस २४ गतेको मन्त्रिपरिषद बैठकले गाउँपालिकाको केन्ऽ घ्याम्पेसाल सार्ने निर्णय अनुमोदन गरी राजपत्रमा प्रकाशित गरेको थियो ।

तर एकलौटी ढंगले केन्ऽ सार्ने निर्णय गरेको भन्दै संघर्ष समितिले विरोध जनाउदै आएको थियो । संघर्ष समितिले गाउँपालिकाको कार्यालयमा माघ २९ गते देखि तालासमेत लगाएको थियो ।

लामो समयसम्म केन्द्र विवाद हुँदा गाउँपालिकाको कामकाजसमेत प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment