Comments Add Comment

‘सुनकेशरी’ दर्शकले एक्लै हेर्न सक्दैनन्ः ऋचा र अर्पण


जेठ ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुनकेशरी’लाई लिएर नायिका ऋचा शर्मा उत्साहित छिन् । पहिलो पटक चलचित्रमा दर्शक तर्साउन तयार भएकी ऋचा भन्छिन्-‘यो चलचित्र दर्शकले हलमा एक्लै हेर्न सक्दैनन् ।’

चलचित्रले सुरुवातमा दर्शकलाई खुबै हसाँउने उनले बताइन् । उनले भनिन्-‘चलचित्रले डर मात्र देखाउँदैन । दर्शकलाई हसाउँछ पनि । पहिलो हाफ त चलचित्रले पुरै हसाँउछ । तर, हेर्दा हेर्दै दर्शकमा डर पैदा हुन्छ ।’

निर्देशक अर्पण थापाले भने-‘हाम्रो चलचित्र एक्लै हेर्ने दर्शकलाई ५ हजार पुरस्कारको घोषणा गरेका छौ ।’ चलचित्र हेर्न १६ बर्षदेखि तलका बालबालिकालाई नआउन उनीहरुले आग्रह पनि गरेका छन् । अर्पण थापाले निर्देशन गरेको यो चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्र चलेको खण्डमा नेपालमा पनि हरर मुभीको ट्रेन्ड विकास हुने अर्पण र ऋचाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment