Comments Add Comment

यूएर्इमा रहेका ढकालले निर्देशन गरेको भिडियो सार्वजनिक

१ जेठ, यूएई । यूएईमा रहेका स्याङ्जाका प्रकाश ढकालले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यूएईका रमणीय स्थलहरुमा छायांकन गरिएको र यूएईमै श्रमरत नेपालीहरुले अभिनय गरेको आधुनिक गीत बजारमा आएको हो ।

बिकेश रोजको आवाजमा सजिएको उक्त गीतको भिडियोमा रोजगारको सिलसिलामा यूएईमै रहेका कलापारखिहरुले आफ्नो क्षमता प्रदर्शन गरेका छन् ।

यूएईको  फुजेरा, अलडिब्बा तथा बरदुबई वरिपरि छायांकन गरिएको ‘यही मन्दिरमा कसम खाइ’ भन्ने आधुनिक गीतलाई बोहोरा इन्टरटेन्टमेन्टले बजारमा ल्याएको छ ।

दिनेशकुमार रोक्काको शब्द, कुमार थापाको एरेन्ज तथा बिष्णुहरी अधिकारीले संगीत भरेको उक्त भिडियोको निर्देशन प्रकाश ढकालले गरेका हुन् ।

पत्रकारिता क्षेत्रमा समेत लागेका ढकाल स्याङ्जा सहयोग समाजका सचिवका रूपमा रहेर समेत काम गरेका छन् ।

उनले यस अगाडि करिब  एक दर्जन भिडियोमा आँफै अभिनय गरेका थिए । निर्देशनमा यो उनको पहिलो प्रयास हो ।

नयाँ ठाउँ, नयाँ कलाकारहरु साथै भिडियोमा चाहिने सामग्री तथा सही स्थान नमिल्दा धेरै असहजताबीच उत्कृष्ट भिडियो बनाएको ढकालको दाबी छ ।

टेकु खत्रीले छायांकन गरेको उक्त दृश्यको सम्पादन सुर्यकुमार बोहोराले गरेका छन् । यही मन्दिरमा कसम खाइ भन्ने बोलको गीतको भिडियोमा केशब ढकाल,  सूर्यकुमार बोहोरा र सानू गैरेको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment