Comments Add Comment

इलामका तीनजना बिरामी बालबालिकालाई सुर्योदय समाज कोरियाको ४ लाख सहयोग

१ जेठ, इलाम । इलाम सूर्योदय समाज दक्षिण कोरियाले इलामका तीन जना बालबालिकालाई मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

इलाममा आयोजित एक कार्यक्रममा समाजले इलाम नगरपालिका ४ का ब्लड क्यान्सरबाट पीडित १४ वर्षीय रित्तिक घिमिरेलाई तीन लाख १० हजार, इलाम नगरपालिका-५ की आगोले डढेकी ४४ महिनाकी निरु राई र सन्दुकपुर गाउँपालिका ३ कि मुुटु रोगी अम्बिका साउदेनलाई तीस हजार रकम हस्तान्तरण गरेको हो ।

दक्षिण कोरिया रोजगार गरिरहेका नेपालीहरुबाट संकलन भएको रकम समाजले हस्तान्तरण गरेको हो ।

हाल घिमिरेको भरतपुरमा, राई र साउदेनको काठमाडौंमा उपचार भइरहेको छ ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष हरि खनाल । संथापक सचिव रन राईले पीडितका अभिभावकहरुलाई रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराललगायतको उपस्थिति रहेको थियो ।

समाजले कोरिया र नेपालमा विगत चार वर्षदेखि दुर्घटनामा परेका, बिरामी, प्रकोपमा परेका र असहाय बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment