Comments Add Comment

कसरी हुर्काइरहेका छन् यी सेलिब्रेटीले जुम्ल्यहा बच्चा ?

बच्चा सबैको प्यारो हुन्छ । बच्चाकै कारण आमाबाबुको सम्बन्ध प्रगाढ हुन्छ भने घरमा चारैतिर खुशी फैलिने गर्छ । अझ घरमा एउटा बच्चाको ठाउँमा दुईटा बच्चा छ भने उक्त खुशी झनै दोब्बर हुने गर्छ । त्यसमा पनि बच्चा अझ जुम्ल्यहा छ भने त्यो खुशीको सिमा नै हुँदैन । तर, त्यस्तो खुशी सिमित व्यक्तिहरुलाई मात्र प्राप्त हुन्छ । यस्तो खुशी पाउनेमा केही कलाकर्मीहरु पनि जसको घरमा जुम्ल्यहा बच्चाले जन्म लिएका छन् । आखिर, ती कलाकर्मी को को हुन् ? कस कसको घरमा जुम्ल्यहा बच्चा जन्मिए ?

करण जौहर

जुम्ल्यहा बच्चा जन्माउने कलाकर्मीहरुमा करण जौहरको नाम अग्रपक्तिमा आउने गर्छ । ‘कुछ कुछ होता हे’, दिलवाले दुलहनिया ले जायेंगे जस्ता चर्चित फिल्म निर्माण गरिसकेका करण जौहरले एक वर्ष पहिले सरोगेसी पद्धतीद्धारा जुम्ल्यहा बच्चाहरुलाई जन्म दिएका थिए । करण एकल बाबु हुन् भने उनले आˆनो छोरा ‘यश’को नाम पिता यश जौहरको नामबाट तथा छोरी ‘रुही’को नाम आमा हीरु जौहरको नामको अक्षरलाई मिलाएर राखेका थिए । करणले ती बच्चाहरुको लालनपालन घरमै आमासित मिलेर गर्दै आएका छन् ।

सनी लियोनी

सनी लियोनी तथा वीवर पनि सरोगेसीको माध्यमद्धारा जुम्ल्यहा बच्चाका मातापिता बन्न सफल भैसकेका छन् । उनीहरुले आफ्नो बच्चाको नाम नोह र एशर राखेका छन् ।

कृष्णा तथा कशमिरा

हास्य कलाकार कृष्णा तथा कशमिराको कोखबाट समेत जुम्ल्यहा बच्चा जन्मिसकेका छन् । उनीहरुले समेत सेरोगेसीद्वारा बच्चालाई जन्म दिएका थिए । सरोगेसी एक यस्तो चिकित्सा पद्धती हो, जसमा आमाबाबु बन्न नसक्ने दम्पत्तीहरुले कुनै अन्य महिलाको कोख नौ महिनाका लागि भाडामा लिएर बच्चा जन्माउने गर्छन् ।

सञ्जय दत्त

सञ्जयदत्तले आˆनो पत्नी मान्यतासित लुकीछिपी विवाह गरेका थिए । विवाह गरेको केही वर्ष पछि नै उनीहरुको घरमा जुम्ल्यहा बच्चाले जन्म लिएका थिए । सञ्जय दत्तले उनीहरुको नाम सहरान र इकरा राखेका छन् ।

सेलिना जेट्ली- पिटर हाग

एक पछि अर्को फ्लप फिल्म दिएकी भारतीय अभिनेत्री सेलिना जेट्लीले आफ्नो ब्वाइफ्रेन्ड पिटर हागसित विवाह गरेकी थिइन् । उनीहरुबाट विराज तथा विस्टन नामक दुई जुम्ल्यहा भाईहरुको जन्म भएको थियो । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार सेलिना विवाह अगाडी नै गर्भवती थिइन् । जसका कारण उनले पिटरसित हतारमा विवाह गरेकी थिइन् ।

शत्रुघन सिंहा र पूनम सिन्हा

भारतीय अभिनेता शत्रुघन सिंहा तथा पूनम सिन्हाको घरमा पनि जुम्ल्यहा को जन्मक भइसकेको छ । भारतीन अभिनेत्री सोनाक्षी सिन्हाको भाईको रुपमा ती दुई जुम्ल्यहा को जन्म भएको थियो । उनीहरुको नाम लव र कुश रहेको छ ।

करणवीर बोेहरा तथा टीजे सिंधु

करणवीर बोेहरा र टीजे सिंधुले पनि दुई जुम्ल्यहा छोरीहरुलाई जन्म दिएकी थिइन् ।

हितेन तेजवानी र गौरी प्रधान

‘क्यु की सास भी कभी बहु थी’ का अभिनेता हितेन तेजवानीले आफ्नो पहिलो पत्नीसित विवाह भएको एघार महिनामै सम्बन्ध विच्छेद गरेका थिए । त्यसलगत्तै हितेनले गौरीसित प्रेम विवाह गरेका थिए । उनीबाट जुड्वा सन्तानको जन्म भएको थियो । उनीहरुले आˆनो छोराको नाम नेवान र छोरीको नाम कत्या राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment