Comments Add Comment

संसदमा उठ्यो असिनापानीको कुरा, राहतको व्यवस्था गर्न माग

२ जेठ, काठमाडौं । सांसदहरुले देशका विभिन्न भागमा असिनापानीले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडु र भरतबहादुर सिंहले कैलाली, बझाङ र कन्चनपुरमा असिनापानीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद सिंहले असिनापानीले बझाङको विभिन्न गाउँमा बालिनाली नष्ट भएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरे ।

उनले असिना पानीबाट गएको पहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई पनि तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद बडुले दार्चुला जिल्लाका विभिन्न गाउँका बाढी पीडितलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment