Comments Add Comment

कामीरिता शेर्पाले चढे २२ औं पटक सगरमाथा, राखे विश्व कीर्तिमान

२ जेठ, काठमाडौं । नेपाली आरोही कामी रिता शेर्पाले कीर्तिमानी २२ औं पटक सगरमाथा आरोहण गरेका छन् ।

कामीसहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेका सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

यसअघि २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान आफ्नो नाममा राखेका थिए । तर बुधबारदेखि कामीले उक्त कीर्तिमान भंग गरेका हुन् ।

सोलुखुम्बीको थाने घर भएका ४८ वर्षका कामीले गत वर्ष २१ औं पटक सगरमाथा आरोहण गरी  आप्पा शेर्पासँग कीर्तिमान बराबरी गरेका थिए ।

४८ वषिर्यक कामीरिता आज साढे बिहान साढे आठ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । आयोजक सेभेन समिट ट्रेक्सका अनुसार उनको टोलीले हिजो राति साउथ कोलबाट चुचुरोको आरोहण गरेको थियो ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार उनी सगरमाथा चुचुरोमा पुगेको खबर आए पनि यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।

यसअघि आप्पा शेर्पा र फुर्वा शेर्पाले पनि २१ औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । कामी शेर्पा सबैभन्दा पहिले सन् १९९४ मा २२ वर्षको उमेरमा नै सगरमाथाको आरोहण गरेका थिए ।

यसैगरी ४५ वर्षीय लाक्पा शेर्पाले पनि नयाँ रेकर्ड हासिल गरेकी छन् । ९ पटक सगरमाथाको चुचुरोमा पुग्ने उनि पहिलो महिला हुन् । सन् २००० मा पहिलो पटक उनले सगरमाथा आरोहण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment