Comments Add Comment

बर्दिबासमा डोजर लगाएर सडक छेउको घर भत्काउन सुरु


२ जेठ, बर्दिवास । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दिवास नगरपालिकास्थित सडकमा पर्ने घरहरु बुधबारदेखि भत्काउन डोजर चलेको छ ।

बर्दिवास नगरपालिकाले पूर्वपश्चिम राजमार्ग अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन डोजर लगाएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबासमा राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर हटाईएको बर्दिवास नगरपालिकाले जनाएको छ । बर्दिवास नगरपालिका सौन्र्दयकरण गर्न राजमार्ग मिचेर बनाइएको अव्यस्थित घर, टहरा, पसलहरु हटाउने कार्य सुरु गरिएको बर्दिवास नगरपालिकाका मेयर बिदुर कार्कीले बताए ।

बर्दिबास चोक दिनदिनै अव्यवस्थित कुरुप बन्दै गएपछि राजमार्ग मिचेर वरपर बनाईएको घर,टहरा, पसलहरु प्रकृया पुर्‍याएर हटाइएको र अटेर गर्नेहरु लागि डोजर नै लगाएर भत्काउनुपरेको उनले बताए । सडकमा पर्ने घरहरु हटाउन पटक-पटक आग्रह गरे पनि अटेर गरेपछि त्यस्ता घरहरुलाई डोजर लगाएर नै भत्काउने निर्णय भएको बर्दिवास नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले राजमार्ग मिचेर वरपर बनाइएको घर,टहरा, पसलहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो । पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्गको सडकको केन्ऽदेखि दुवैतिर साढे ८२ फिट, बर्दिबास औरही जलेश्वर सडकको बीच भागबाट ५०-५० फिट खाली गराउन लागिएको बर्दिबास नगरपालिकाका प्रमुख विदुर कार्कीले बताए ।

बर्दिवास नपा १ मा होटल व्यवसाय गर्दै आएका रविन गौतमले २ घण्टाको समय माग्दा समेत नगरपालिकाको प्रतिनिधिहरुले सुनुवाई नगरेको बताए । होटल अगाडीको आफ्नो संरचना हटाउन नपाउँदा ५ लाखको क्षति भएको भन्दै संरचना हटाउन समय माग्दा जनप्रतिनिधीहरुले भोट नदिएको रीसमा तोडफोड गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment