Comments Add Comment

जापानमा २५ सेकेण्ड अघि रेल छुट्यो, कम्पनीले माग्यो माफी

जापानको एक रेल कम्पनीले स्टेसन एक रेल २५ सेकेण्डअघि नै छुटेपछि माफी मागेको छ ।

रेल सञ्चालक कम्पनीले भनेको छ, ‘हाम्रो कारणले यात्रुलाई धेरै असुविधा भयो र यो साँच्चै नै अक्षम्य छ ।’

गत नोभेम्बरमा पनि एक रेल २० सेकेण्ड अघि नै हिँडेको थियो । यसपटक भने २५ सेकेण्ड अघि भएको छ ।

तोकिएको समयभन्दा २५ सेकेण्ड पहिले रेल छुटेपछि सामाजिक सञ्जालमा यसबारे प्रश्न उठेको थियो ।

जापान टुडेका अनुसार रेलका कन्डक्टरले उक्त रेल नोटोगावा स्टेसनबाट शुक्रबार ०७ः११ मा छुट्ने सोचेका थिए तर, खासमा रेल ०७ः१२ मा छुट्नुपर्ने थियो ।

रेलको ढोका लगाइसकेपछि मात्रै उनले गल्ती भएको थाहा पाए । तर, जब उनले कोही पनि पर्खिरहेका यात्रुहरुलाई देखेनन् उनले स्टेसनबाट २५ सेकेण्ड अगाडि नै जाने निर्णय गरे ।

जापानका रेलहरु एकदम सही समयमा चल्ने भनेर ख्यातिप्राप्त छन् र रेल छुटिसकेपछि मानिसहरुले रेल आउँछ र चढ्न पाइन्छ कि भन्ने सोचेका थिए ।

प्ल्याटर्फममा छोडिएपछि मात्रै उनीहरुले रेल सञ्चालकलाई गुनासो गरे र केही समयपछि वेस्ट जापान रेलवे कम्पनीले औपचारिक रुपमा माफी माग्यो ।

नोभेम्बरमा भएको यस्तै घटनामा पनि टोकियो र सुकुवा बिचको सुकुवा एक्सप्रेस लाइनको व्यवस्थापनले पनि त्यसबाट यात्रुहरुमा पर्न गएको असुविधा प्रति माफी मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment