Comments Add Comment

प्रचण्डको मदन भण्डारी मोह-विहान माल्यार्पण, साँझ दीप प्रज्वलन

३ जेठ, काठमाडौं । बिहीबार विहानै मदन भण्डारीको शालिकमा माल्यार्पण गरेर मदन आश्रति स्मृति दिवसकै दिन पार्टी एकता गर्ने प्रस्ताव आफ्नै रहेको खुलासा गरेका प्रचण्डले साँझ मदनको स्मृतिमा दीप प्रज्वलन गर्ने भएका छन् ।

पार्टी एकीकरण सकेर प्रचण्ड कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा पुग्नेछन् ।

प्रचण्डले साँझ मदन भण्डारी बाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । त्यसको व्यवस्थापन एमालेको स्थानीय ३५ नम्बर वडा कमिटीले गरेको छ । कोटेश्वर महादेवस्थान मन्दिर नजिकको बाटिका केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।

मदन आश्रति स्मृति दिवसको अवसरमा पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको प्रचण्डले बताएका छन् । प्रचण्डले मदन भण्डारीप्रति अतिरिक्त श्रद्धाभाव देखाउनुको पछाडि एमाले पंक्तिको मन जित्ने रणनीति मानिएको छ ।

एमालेमा मदन भण्डारी र उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका अनुयायीहरुको ठूलो पंक्ति छ । एकीकृत पार्टीका एक अध्यक्षको हैसियतमा साबिक एमाले पंक्ति र मदन भण्डारीका अनुयायीहरुको मन जित्न प्रचण्डले चाहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment