Comments Add Comment

लहानको बाबा होटलमा प्रहरीको छापा, लागूऔषधसहित नक्कली पेस्तोल भेटियो


३ जेठ, काठमाडौं । सिरहाको लहान–८ स्थित एक होटलमा प्रहरीले छापा मार्दा लागूऔषधसहित एउटा नक्कली पेस्तोल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले स्थानीय ज्ञानकुमार कामैतले सञ्चालन गरेको बाबा होटलमा बिहीबार छापा मार्दा लागूऔषधसहित नक्कली पेस्तोल बरामद भएको हो ।

सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले अनलाइनखबरलाई दिएको जानकारी अनुसार होटलको उत्तरतर्फ राखिएको खाटको ओछ्यान मुनि प्लाष्टिकमा पोका पारेर लुकाई राखेको अवस्थामा लागूऔषध र नक्कली पेस्तोल भेटिएको थियो ।

‘होटलमा लागूऔषध लुकाएर राखेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो’, एसपी श्रेष्ठले भने, ‘खानतलासी गर्दा लागूऔषध फेनारगन ९८ एम्पुल, डाइजिल्याव ३१ एम्पुल, नोफिन १९ एम्पुल, लुपिजेसिक ८६ एम्पुल, नाइट्राजेपाम ५८ ट्याबलेट, नक्कली पेस्तोल एक थान, विभिन्न दरको भारु ४ हजार ९ सय र ९ वटा मोबाइल बरामद भएको छ ।’

सञ्चालक कामैतलाई तत्काल पक्राउ गरी प्रहरीले लागूऔषध मुद्दामा अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार कामैत पुरानै लागूऔषध कारोबारी हुन् । उनी यसअघि पनि लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परिसकेका थिए ।

उनले होटलमा आउने ग्राहकलाई तर्साउन नक्कली पेस्तोल राखेको हुन सक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment