Comments Add Comment

एलिजाको साथी बन्न खोज्दै समुन्द्र


चलचित्र ‘अनुराग’को रोमान्टिक गीत रिलिज भएको छ । ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको गीतमा सुगम पोख्रेल र अन्जु पन्तको स्वर, सत्यराज यस आरसीको शब्द, सरोज पोख्रेलको संगीत छ ।

यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् भने रामकुमार केसीले खिचेका हुन् । सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा सम्बाद रहेको यो चलचित्रलाई एलिजा गौतमले निर्माण गरेकी हुन् ।

एरिका फिल्मस्ले निर्माण गरेको यो चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । सत्यराज चौलागाइले यो चलचित्रको निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा मुख्य कलाकार एलिजा र समुन्द्रको रोमान्स हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment