Comments Add Comment

मलेसियाको इमिग्रेसन सेक्युरिटी क्लीयरेन्स एक साताका लागि बन्द

७ जेठ, काठमाडौं । नेपालस्थित मलेसियन दुतावासले मलेसियाका लागि इमिग्रेसन सेक्युरिटी क्लीयरेन्सलाई (आईएससी) एक साताको लागि बन्द भएको जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै दूतावासले भनेको छ,‘महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले छापा हानेर व्यवसायीहरुलाई पक्राउ गरेको विषयलाई मध्यनजर गर्दै आइएससी बन्द गरिएको छ ।’

त्यस्तै, दूतावासले अर्को सूचना जारी नभएसम्म वानस्टप सेन्टर (ओएससी) भने सञ्चालन भइराख्ने जनाएको छ ।

विशेष गरी पर्यटक भिसा र अन्य सामाजिक भिसाको प्रक्रिया सुचारु राख्नका लागि वान स्टप सेन्टर बन्द गर्न नमिल्ने दूतावासले उल्लेख गरेको छ ।

यो पनि पढ्नुस् 

वैदेशिक रोजगारीको सिन्डिकेटविरुद्ध मन्त्रीको एक्सन, एकैदिन ४८ व्यवसायी पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment