Comments Add Comment

सलोन र करिश्माको शैलीः ब्रेकअपको हल्ला फैलाएर प्रेममा मग्न


नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठविचको प्रेम चर्चा नेपाली रजतपटमा नौलो होइन । तर, गत वर्ष चलचित्र ‘बाबु कान्छा’को घोषणा कार्यक्रममा यी दुईले आफूहरुविच ब्रेकअप भएको र अहिले राम्रो साथी मात्र भएको बताएका थिए ।

सलोन र करिश्माले ब्रेकअप भएको बताए पनि उनीहरुबीच अहिले पनि उत्तिकै निकटता छ । सोमबार आयोजना भएको एक कार्यक्रममा पुगेको यो जोडी एक छिन पनि अलग भएनन् । कार्यक्रममा सँगै पुगेका उनीहरु सँगै बसे र सँगै फर्किए । ब्रेकअपको हल्ला फैलाएर उनीहरु प्रेममा लिप्त रहेको बुझ्न सकिन्छ ।

सायद, चलचित्र ‘बाबु कान्छा’लाई असर गर्छ भनेर उनीहरुले प्रेम टुटेको हल्ला फिजाएको हुनसक्छ । नायिका नीशा अधिकारीले पनि क्रिकेटर शरद भेष्वाकरसँग प्रेम टुटेको बताएकी थिइन् । तर, पछि शरदसँगै उनले बिहे गरिन् । दुई जनाको सहमतीमै ब्रेकअपको खबर मिडियामा दिएको उनले बताएकी थिइन् । सलोन र करिश्माले पनि यही शैली पछ्याएका त होइनन् ?

सलोन अहिलेका व्यस्त कलाकार हुन् । कमेडी शैलीको भूमिकामा दर्शकले रुचाएपछि निर्माताहरु उनलाई खेलाउन इच्छुक बनिरहेका छन् । तर, करिश्माको करिअरले भने खासै गति लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment