Comments Add Comment

सगरमाथा चढ्ने क्रममा अनुभवी शेर्पा गाइडको मृत्यु

८, जेठ काठमाडौं । सगरमाथा आरोहणको लागि गएका आरोहीहरुलाई सघाउने क्रममा एक अनुभवी शेर्पा गाइडको मृत्यु भएको छ ।

सोमबार राति सगरमाथाको दोस्रो शिविर नजिकैको खोँचमा खसेर ३८ वर्षिय दमाइ सार्की शेर्पाको मृत्यु भएको हो ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट एक्सिपडिसन कम्पनीका प्रवक्ता निभेष कार्कीले अनलाइनखबरलाई बताएअनुसार शेर्पा सोमबार बेलुका दोस्रो शिविर नजिकैको खोँचमा खसेको र उनलाई तत्कालै उद्धार गरिएको थियो । तर, केही घन्टापछि उनको मृत्यु भयो ।

आरोहीहरुलाई सघाउन गएका शेर्पा इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइड्स एसोसिएनबाट लाइसेन्स प्राप्त अनुभवी गाइड हुन् ।

यो सिजनमा यसअघि नै तीन जना आरोहीको सगरमाथा चढ्ने क्रममा मृत्यु भइसकेको छ । एक जापानी आरोही, एक शेर्पा गाइड र एक मेसोडोनिएन आरोहीले सगरमाथा आरोहणको क्रममा ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी एक रसियन आरोहीको भने ल्होत्से हिमाल आरोहणको क्रममा मृत्यु भएको छ । ल्होत्से आरोहण गर्न पनि सगरमाथाकै रुट भएर जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment