Comments Add Comment

कोकोकोलाको विश्वकप ग्लोवल टीभीसीमा नेपालका दृष्य पनि अटाए

८ जेठ, काठमाडौं । दी कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोवल टिभिसि सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृष्यहरु समावेश गरिएको छ ।

यस टिभिसिमा सबै मानिसहरु खेल हेर्नलाई उत्शुक भएको देखाइएको छ । उक्त टिभिसिको साउन्ड ट्राक -आर यु रेडी) विश्वकै चर्चित ब्यान्ड एसी डिसिको सन् १९९०को निकै चर्चित एल्बम ‘दी रोर्जस एज’ बाट लिइएको हो ।

यस टिभिसिको सुरुवातमा एउटा टेलिभिजन देखाइएको छ जसमा विश्वकप फुटवलको खेल सुरुवाति क्षण देख्न सकिन्छ । टिभिसिमा युवाहरु खेल हेर्न निकै कहुतल भएको देख्न सकिन्छ ।

उक्त टिभिसिमा विश्वका धेरै मूलुकका युवाहरु कोकाकोला लिनका लागि दौडिरहेका छन् । जसमा दुई नेपालीलाई पनि देख्न सकिन्छ ।

टिभिसिमा विश्वका बिभिन्न लोकप्रिय स्थानहरु देखाइएको छ, जसमा नेपालको स्वम्भुनाथ स्तुपा, काठमाडौको एक डिपार्टमेन्ट स्टोर, सितापाईला नजिकको स्थान र एक हाउजिङ कम्प्लेक्स नजिकैको झुलुङ्गे पुलसमेत देख्न सकिन्छ ।

कोकाकोलाको विश्वब्यापी टिभिसिमा नेपाल एक अभिन्न अंगको रुपमा देखाइएको छ । कोककाकोलाले भनेको छ ‘कोक ल्याऔं म्याच पर्फेक्ट बनाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment