८ जेठ, पोखरा । प्रदेश ४ को वर्षे अधिवेशन यही जेठ १६ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले जेठ १६ गतेदेखि प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आहृवान गरेका हुन् ।
प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसका आधारमा प्रदेश प्रमुख कुँवरले वर्षे अधिवेशन जेठ १६ गतेदेखि आहृवान गरेको प्रदेश प्रमुखको कार्यालयका उपसचिव जीवनकुमार रार्इले जानकारी दिए ।
प्रदेश ४ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को जेठ २ गते बसेको बैठकले प्रदेश प्रमुखलाई वर्षे अधिवेशन आहृवानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय मन्त्रिपरिषद्को कार्यालयले जेठ ७ गते सोमबार प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।
प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम सभाको अधिवेशन आहृवान र अन्त्य गर्नुपर्ने प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4