Comments Add Comment

रणवीर कपुर र अलियाको अफेयर प्रपोगान्डा पनि हुन सक्ने

बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्टबीच अफेयर सुरु भएको खबरले भारतीय मिडियाहरु तातेका छन् । यी दुईले यो खबर न स्वीकार गरेका छन् न अस्वीकार । यद्यपि, क्यामराका अगाडि नै उनीहरु एक-अर्कासँग चिप्किन हिच्किचाउँदैनन् ।

कट्रीना कैफसँगको ब्रेकअपपछि रणवीर सिंगल थिए । यसैगरी सिद्धार्थ कपुरसँग सम्वन्ध तोडिएपछि आलिया पनि एक्लिएकी थिइन् । त्यसैले यी दुई आपसमा जोडिनु अस्वभाविक भएन । फिल्म ब्रम्हास्त्रको सुटिङका क्रममा उनीहरु नजिकिएका थिए ।

पछिल्ला दिनमा धेरैपटक उनीहरु सँगै देखिए । सोनमकपुरको बिहेमा त उनीहरुले एक-अर्काको अंगालोमा क्यामरालाई पोज नै दिएका थिए । भनेपछि, के उनीहरु डिप लभमै परेका हुन् ?

तर, बलिउडलाई बुझेका कतिपय व्यक्तिहरु यसमा शंका गर्छन् । उनीहरुको कथित अफेयर फिल्मलाई चर्चामा ल्याउने प्रपोगान्डा मात्रै पनि हुन सक्ने उनीहरुको राय छ । ब्रम्हास्त्रको रिलिज डेट एक वर्ष पछाडि छ । तर, रणवीर र आलियाको अफेयर चर्चाले फिल्मप्रति अहिलेदेखि नै मानिसहरुमा उत्सुकता जागिसकेको छ ।

यसै पनि रियल जोडीलाई पर्दामा हेर्न दर्शकहरु उत्सुक हुन्छन् भन्ने फिल्म बागी २ को सफलताले देखाइसकेको छ । यस फिल्ममा टाइगर श्राफ र दिशा पटानीको जोडी छ जो वास्तविक जीवनमा पनि प्रेमी-प्रेमिका हुन् ।

यसैलाई देखेर रणवीर र आलियाबीच प्रेमको नाटक गरिएको हुन सक्ने कतिपय शंकालुहरुको मत छ । तर, उनीहरुबीच साँच्चै प्रेम पनि हुन सक्ने सम्भावनालाई भने कसैले नकार्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment