
९ जेठ, काठमाडौं । सुनसरीको इनरुवाबाट धरान जाँदै गरेको बस दुर्घटनामा परेको छ ।
ना ४ ख ४२५८ नम्बरको यात्रुवाहक बस बुधबार बिहान गंगामार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दर्जन बढी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
पैदल यात्रु जोगाउने क्रममा बस दुर्घटना भएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।