Comments Add Comment

सर्दा सर्दै भदौ १ मा पुग्यो आँचल र आकाशको ‘ब्ल्याक’


जेठ ११ गतेलाई प्रदर्शन मिति तोकेपनि चलचित्र ‘ब्ल्याक’ रिलिज हुन सकेन । नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघविच शेयर बाँडफाँडको बिषयले गर्दा चलचित्र रिलिज हुने या नहुने अन्यौल भएका कारणले ‘ब्ल्याक’ ब्याक भएको थियो ।

आन्दोलनको कारण चलचित्रको प्रचार नपुगेको भन्दै रिलिज मिति पछि सारेको निर्माणपक्षले अब नयाँ मिति तोकेको छ । अब, यो चलचित्र भदौ १ गतेबाट रिलिज हुने बताइएको छ ।

प्रदिप श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रलाई लभ स्टोरी कथामा बुनिएको छ । चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, पि्रया रिजाल मुख्य भूमिकामा छन् । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, चन्द्र पन्तको एक्सन, अर्जुन जीसीको सम्पादन छ ।

यसअघि नै चलचित्रमा समावेश २ वटा गीत सार्वजनिक भैसकेको छ । गीतले चर्चा पाइरहेको समयमा अब चाडै नै ट्रेलर रिलिज गर्ने निर्देशक श्रेष्ठले बताएका छन् । आश्मा पाण्डेको प्रस्तुतिमा तयार भएको चलचित्रमा मौनता श्रेष्ठको कथा छ ।

यसअघि यो मितिमा चलचित्र ‘मिस्टर भर्जिन र जय शम्भु’को प्रदर्शन मिति तय भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment