Comments Add Comment

‘लालपूर्जा’का निर्देशकले हातपात गरेको हाइलाट्सका प्रमुखको आरोप


चलचित्र ‘लालपूर्जा’का निर्माता विक्रम थारु र निर्देशक निगम श्रेष्ठले आफूमाथि हातपात गरेको भन्दै २ दिन अगाडि हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङ प्रहरीमा उजुरी गर्न पुगे । प्रहरीले दुबै पक्षलाई बोलाएर छलफलपछि मिलापत्र गराएको छ ।

चलचित्र ‘लालपूर्जा’ गतबर्ष रिलिज भयो र बक्स अफिसमा पानी पनि भन्न पाएन । चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका थिए भने विक्रम थारु र उनका केही साथीहरुले निर्माण गरेका थिए । चलचित्र नचलेपछि विक्रम र निगमले यसको दोष हाइलाइट्स नेपाललाई लगाए ।

हाइलाइट्सका प्रमुख ओम गुरुङले आफ्नै कार्यलयमा आएर निगमले आफूमाथि हात हालेको बताए । उनले भने-‘विक्रमले केही पनि गरेनन् । निगमले भने हातपात गरे । सामान्य चोट लागेको थियो ।’

‘लालपूर्जा’का निर्माता-निर्देशकले हाइलाट्सका कारण आफ्नो चलचित्र नचलेको र १ करोड डुबेको भन्दै हातपात गरेको उनको भनाई छ । हाइलाइट्सले आफ्नो चलचित्रलाई महत्व नदिएको, प्रचारप्रसार भनेजसरी नगरिदिएको भन्दै ‘लालपूर्जा’को निर्माण टिम असन्तुष्ट रहेको थियो । हाइलाइट्सले यो चलचित्रको डिजिटल र ओभरसिज राइट्स स्वरुप ३५ लाख रुपैयाँ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment