Comments Add Comment

बालअधिकार सुनिश्चित नभए समृद्धि हुँदैन  : मुख्यमन्त्री राउत

९ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको बालबालिकाको अधिकार सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बालबालिका मुलुकका कर्णाधार रहेकोले उनीहरुको अधिकार सुनिश्चित नगरेसम्म मुलुक र प्रदेश समृद्ध हुन नसक्ने बताए ।

विगतका संविधान र ऐन कानूनका साथै हालको संविधानले समेत बालबालिकाको अधिकार सुनिश्चित गरेपनि फितलो कार्यान्वयन पक्षका कारण अपेक्षित उपलब्धि हासिल गर्न सकेको उल्लेख गर्नुहुँदै उहाँ अगामी दिनमा ऐन कानूनको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारको तर्फबाट गराउने बताए ।

अन्य प्रदेशको तुलनामा यस प्रदेशमा बालबालिका अवस्था बढी नै दयनीय रहेकाले प्रदेश सरकार शुरु देखि नै बालबालिकाको अधिकारलाई प्राथमिकतामा राखेर अघि बढेको समेत उल्लेख गरे । त्यसकै फलस्वरुप प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ योजना समेत ल्याएको उनको भनाछ छ ।

बालबालिको अधिकारको क्षेत्रमा काम गर्नेहरुनै बालश्रम बढी प्रयोग गर्ने गरेको उल्लेख गर्दै उनले कानूनको प्रभावकारी कार्यान्वयन गरेर त्यस्त प्रवृतिलाई निरुत्साहित गर्ने आफूहरुको पहिलो प्राथमिकता रहेको समेत बताए ।

समाजिक विकासमन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, मन्त्रिपरिषद्का प्रमुख सचिव हरिप्रसाद फुयाल, जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत, उपसभापति दिपक झा, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता झा, सहितकोउपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बाल अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने सामाजिक विकास मन्त्रालयका सचिव डा. किरण रुपाखेतीले बालअधिकारको संरक्षण र प्रबर्धनको लागि भविष्यको कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment