Comments Add Comment

राष्ट्रपतिलाई देउवाको ब्यंग्य : म चाहिँ सम्माननीय सभामुख नै भन्छु

९ जेठ, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुखलाई ‘सम्माननीय’ नभनेकोमा व्यंग्य गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले सुरुमै भने, ‘राष्ट्रपतिजीले सम्माननीय शब्द प्रयोग नगरेता पनि म सम्मानीय सभामुख भन्न चाहन्छु ।’

उनले यसो भन्दा कांग्रेसका सांसदहरुले टेबुलमा ढ्यापढ्याप पारेर समर्थन गरेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महोदय र राष्ट्रियसभाका अध्यक्ष महोदय भनेकी थिइन् । तर, सम्माननीय भन्नुपर्ने भन्दै मिनेन्द्र रिजालसहित १७ सांसदले नीति तथा कार्यक्रमा संशोधन नै हालेका छन् ।

गणतन्त्र स्थापनापछि ‘सम्मानीय सभामुख महोदय’ भन्ने शैली र मर्यादा स्थापित भइरहेको भन्दै रिजालले भने, ‘त्यो मान्यताभन्दा बाहिर जाने अधिकार कसैलाई छैन ।’

उनले प्रतिष्ठाको विषय नबनाई स्वीकार गर्न आफूहरुको संशोधन स्वीकार गर्न आग्रह पनि गरे ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिले सभामुख र अध्यक्षलाई अनादर गरेको भन्दै कांग्रेसको संशोधन दर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment