Comments Add Comment

‘यात्रा’ गर्दै सोलुतर्फ सलिनमान र मल्लिका


‘यात्राः अ म्यूजिकल भ्लग’को छायांकन आजबाट सुरु भएको छ । हुनत, यो चलचित्रको केही दृश्यको छायांकन केहि दिन अगाडि नै गरिएको थियो । तर, आजबाट नियमित छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रको शिर्ष गीतको छायांकन गर्दै यसको यूनिट सोलुतर्फ लागेको छ । काठमाण्डौबाटै सुरु भएको गीतलाई सोलुमा पुर्‍याएर अन्त्य गरिनेछ ।

शिर्ष गीतमा प्रतिक पौडेलको शब्द र संगीत छ भने धर्मेन्ऽ सेवान र प्रेक्षा बज्राचार्यको साथमा प्रतिककै स्वर छ । सोलुमा ३ सातासम्म छायांकन गरिने बताइएको छ । सोलुको जुनबेसी , फाप्लो , सल्लेरी र पताले लगायतका रमणीय दृश्यमा चलचित्र खिचिनेछ ।

यो चलचित्रमा सलिनमान बनियाँ , सलोन बस्नेत , जान्वी बस्नेत , जयनन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय छ ।

यो चलचित्र मार्फत मल्लिका महतले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् । यो चलचित्रलाई जर्नी लभ स्टोरी कथामा निर्माण गर्ने निर्माता केशव भट्टराइले बताए । चलचित्रलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् ।

कोटकी कालिका देवी फिल्म्स् प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण सुरु गरिएको चलचित्रमा केशवको साथमा सुशिल पोखरेल, मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment