Comments Add Comment

घरजग्गामा लगानी गर्दै हुनुहुन्छ ? अब एउटै मेलाबाट पाउनुहोस् सबै सूचना

११ जेठ, काठमाडौं । यदि तपाईं घरजग्गामा लगानी गर्दै हुनुहुन्छ र उपयुक्त विकल्पको खोजी गर्दै हुनुहुन्छ भने अब एकै ठाउँमा सबै सूचना र समाधान पाउनुहुनेछ ।

नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा आउँदाे असार १ गतेदेखि ५ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुन लागेको यो मेलाले जग्गा, ब्यवस्थित आवास, अपार्टमेन्ट, होम लोन तथा बिभिन्न घर निर्माण सामाग्रीबारे जानकारी दिनेछ ।

नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ पुर्‍याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्ने संघका अध्यक्ष इच्छाराज तामाङले जानकारी दिए ।

मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् ।

साथै मेलामा विद्युतीय सामानहरु, फर्निचर, पाइप, सेनिटरी वायर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ-आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन् । साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ समेत गर्न सक्नेछन् ।

घरघडेरी तथा संयुक्तआवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास लिएको मेला संयोजक विपिन चित्रकार बताउँछन् । यस पटकको मेलामा कम्तीमा एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलाको यो सातौं संस्करण हो ।

योसँगै असार ४ र ५ गते मेला अन्तर्गत दोस्रो हाउजिङ समिट पनि हुने छ । समिटमा नेपालमा आवास विकासको परियोजना, भौगोलिक अवस्था, विद्यमान कानूनी ब्यवस्था र वित्तीय श्रोतको परिचालन, नीति तथा कार्यक्रम, कानूनी प्रकृया लगायत विषयहरुमा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुबाट कार्यपत्रहरु पेश हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment