+
+

गुण्डाराजको अन्त्य गर्ने कास्की प्रहरीको उद्घोष

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ११ गते १२:४४

११ जेठ, पोखरा । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले कास्कीबाट गुणडाराजको अन्त्य गर्ने उद्घोष गरेका छन् ।

एसपी रानालाई पृथ्वी होटल व्यवसायी समितिले शुक्रबार गरेको स्वागत कार्यक्रममा बोल्दै उनले कास्कीबाट गुण्डाराज र दादागिरी अन्त्य गर्ने बताएका हुन् ।

अपराधमा शून्य सहनशिलता अपनाउने बताउँदै उनले भने,’कास्कीबाट अब गुण्डाराज र दादागिरीको अन्त्य हुन्छ, कसैले हप्ता उठाउने, धम्क्याउने, थर्काउने, चन्दा माग्ने वा खाएको बील नतिर्ने गरेमा प्रहरीलाई जानकारी दिनुस् हामी ठीक पार्छौं ।’

आफू कास्कीमा आएपछि कास्की प्रहरी आक्रामक ढंगले अगाडि बढेको बताउँदै एसपी रानाले शान्ति सुरक्षामा खतरा उत्पन्न भए वा ब्यबसायिक सुरक्षामा समस्या आए आफूलाई सिधै फोन गर्नपनि व्यवसायीहरुलाई आग्रह गरे ।

एसपी रानाले लागू औषध कारोबारी र प्रयोगकर्ताका कारण पोखराको छबि कास्की बाहिर धुमिलिदै गएको भन्दै अब यसको अन्त्यको पनि अन्त्य गर्ने बताए । त्यसका लागि कास्की प्रहरीले लागू औषध नियन्त्रण महाअभियान सञ्चालन गरिरहेको भन्दै उनले लागू औषध प्रयोगकर्ता वा त्यसको कारोबारीबारे जानकारी भएपनि सूचना दिन आग्रह गरे ।

एसपी रानाले होटल तथा रेष्टुरेण्ट ब्यबसायलाई मर्यादित बनाउनका लागि होटलमा सिसी क्यामरा राख्न पनि उनले ब्यबसायहिरुलाई सुझाव दिए ।

पृथ्वी होटल व्यवसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले आपराधिक कृयाकलाप रोक्नका लागि प्रहरीलाई सघाउन आफूहरुले सँधै सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्ष हरि पाण्डे, महासचिव बालकृष्ण निउरे लगायतले ब्यबसायीले अपराध लुकाउने तथा छिपाउनेमा सहयोग नगर्ने बताउँदै अञ्जानवश भएका गल्तीमा भने ब्यबसायीलाई फसाउन नहुने बताए ।

उनीहरुले कुनै एक ब्यबसायीले गल्ती गरेकै आधारमा प्रहरीले सबै ब्यबसायीलाई एउटै बास्केटमा राखेर दुःख दिने गरेको गुनासो गर्दै आगामी दिनमा त्यस्तो नदोर्‍याइदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?