८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद प्रशान्त उप्रेतीले प्रचलित कानुनहरूबारे नागरिकको धारणा लिएर पुनर्विचार गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
‘विद्यमान कानुनमाथि नागरिकका धारणाहरू के हुन् भन्ने कुराको अब हामीले एकचोटी फेरि पुनर्विचार गर्नुपर्ने समय आइसकेको छ’, सांसद उप्रेतीले भने, ‘कतिपयको कुराकानी सुन्दाखेरि मानिसहरू केही भन्यो भने कानुनी झमेलामा नपर्ने भनेर भन्दछन् । भनेपछि मानिसले कानुनलाई झमेलाका रुपमा चाहिँ बुझिराखेको अवस्था छ ।’
यस्तो अवस्था चिर्नुपर्ने उनले बताए । ‘मानिसले कानुनलाई अप्ठेराका रूपमा बुझिराखेका छन् । जबकि कानुनले मानिसलाई सहजता प्रदान गर्नुपर्ने हो । यस्तो अवस्थाको निर्माण किन भइराखेको छ ?’, उनले प्रश्न गरे ।
व्यवहारिकता, समाजको अवस्था र नागरिकका चाहनाअनुरूप कानुनको निर्माण नगरेका कारण यस्ता समस्या देखिराखेको बताउँदै उनले केही प्रचलित कानुनहरूबारे नागरिकको धारणा लिएर पुनर्विचार गर्ने प्रस्ताव राखेका हुन् ।
प्रतिक्रिया 4