Comments Add Comment

सलमानको नेपाल यात्रा फेरि स्थगित


बलिउड अभिनेता सलमान खानको नेपाल यात्रा दोस्रो पटक पनि स्थगित भएको छ । उनी १२ जेठमा ‘द ब्यांग टुर’ का लागि नेपाल आउने कार्यक्रम थियो ।

कार्यक्रमको आयोजक संस्थाले ओडीसी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै विशेष कारणवश कार्यक्रम स्थगित गरिएको जनाएको छ । अर्को सूचनाद्वारा नयाँ मितिबारे जानकारी दिइने संस्थाको भनाई छ ।

सलमान गत १० मार्चमा नेपाल आउने कार्यक्रम थियो । तर, विप्लव माओवादीले धम्की दिएपछि अन्तिम समयमा कार्यक्रम रद्द गरिएको थियो । पछि फेरि नयाँ मिति तय गरिएको भए पनि कार्यक्रमको प्रचारप्रसार केही गरिएको थिएन ।

कार्यक्रमको झण्डै पाँच हजार टिकट पहिल्यै बेचिएका छन् । ती टिकट किन्नेहरुले भविष्यमा आयोजना हुने कार्यक्रममा भाग लिन सक्ने ओडीसीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment