बिहिबार आयोजना भएको दशौं डी सिने अवार्ड कार्यक्रममा नायक भुवन केसीलाई निर्देशक दिनेश डिसीले एउटा विधामा अवार्ड थमाए । आफूभन्दा जुनियर व्यक्तिबाट अवार्ड थापिरहँदा भुवनको मनमा के चलिरहेको थियो कुन्नी, अनुहारमा भने मुस्कान नै थियो ।
भुवन र दिनेश बीच अवार्ड लेनदेन भइरहँदा उनीहरुको सम्वन्धबारे जानकारहरु भने विगतमा फर्किएका थिए । भुवनको निर्देशित चलचित्र ‘डि्रम्स’ र दिनेश निर्देशित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को प्रदर्शन मिति जुधेको थियो । त्यसबाट रुष्ट बनेका दिनेशले भुवनका छोरा नायक अनमोल केसीको बारेमा विभिन्न टिप्पणी गरेका थिए ।
अनमोललाई अभिनय नै नआउने, अनमोल त हिजोको बच्चा जस्तो टिप्पणी गर्दै उनले आफ्नो चलचित्रको प्रचार भन्दा अनमोलको मजाक उडाउन बढि समय खर्चिए । त्यसले दिनेश र भूवन केसीविच पनि सम्बन्ध विग्रियो ।
‘फूलै फूलको मौसम तिमीलाई’ चलेन, ‘डि्रम्स’ले बम्पर कमाई गर्यो । त्यसपछि पनि दिनेश र भूवनको बोलचाल कमै मात्र भयो । नायक अनमोल केसी त दिनेशले आयोजना गरेको ‘सीजी फिल्म अवार्ड’ मा उपस्थित नै भएनन् । अनमोलले पाएको अवार्ड भूवनले लिइदिएका थिए ।
तर, बिहिबार ‘दशौ डी सिने अवार्ड’मा दिनेश र भुवन आमनेसामने भए । अवार्ड दिदै र लिदै गर्दा दुई जनामा मुस्कान देखियो । नायक केसीले दिनेश डीसीको हातबाट अवार्ड लिदा आफूलाई खुशी लागेको छोटो प्रतिक्रिया दिए । कतै यो ‘मुटुमाथि ढुंगा राख हिाँस्नुपर्या छ’ भनेजस्तो त होइन ?
प्रतिक्रिया 4