कोही भन्छन् गोरी मलाई कोही भन्छन् काली
कोही तर्छन् आँखा मलाई कोही भन्छन् जाली
काली गोरी मोटी नेप्टी जे भने पनि महुँ नेपाली छोरी
हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले बजारमा ल्याएको दोस्रो गीतको बोल हो यो । उनको पहिलो गीतको अत्यधिक उपहास भएको थियो र यूट्यूवमा लाइकभन्दा डिस्लाइक धेरै आएका थिए । यसपाली भने मिनाका लागि खुशीको समाचार छ ।
अहिलेसम्म गीतमा डिस्लाइकभन्दा लाइक धेरै आएका छन् । डिस्लाइक ७ सयभन्दा बढि र लाइक १५ सयभन्दा बढि छन् । कमेन्टहरुमा धेरैले अघिल्लो भन्दा केही सुधार भएको जनाएका छन् । कतिपयले भने फेरि पनि खिल्ली उडाएका छन् ।
मिना ढकाल आफैंले यो गीत लेखेकी हुन् । उनले मोडलिङ चाहिँ विवादास्पद मोडल सोनिका रोकायालाई गराएकी छिन् । अघिल्लो गीतमा आफैं मोडलिङ गरेकी थिइन् । सोनिका यूट्यूवमा उछृंखल हाउभाउ र पहिरनले गर्दा विवादित छन् । यद्यपि, यो गीतमा उनी शालिन छिन् । गीतको भाव अनुसार उनले साडी चोलो लगाएकी छिन् ।
कमेन्टमा कतिपयले सोनिकासँग मुकुन्देको जोडी बनाएको भए फिट हुने बताएका छन् । कतिपयले चाहिँ उनको प्रशंसा पनि गरेका छन् । गीतलाई अहिलेसम्म करिब ४० हजार पटक हेरिसकिएको छ । गीतमा राज श्रेष्ठले संगीत भरेका हुन् ।