+
+

समयमै काम नगर्ने गोरखाका ठेकेदारको सूची गृहमन्त्रालय पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १३ गते १६:४४

१३ जेठ, गोरखा । ठेकेदारको लापरवाहीका कारण समयमै सम्पन्न नभएका जिल्लाका योजना र ठेकेदारको तथ्याङक गृह मन्त्रलाय पठाइएको छ ।

लापरवाही गर्ने ठेकेदारलाई कारवाही प्रक्रिया शुरु गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबारदेखि तथ्याङक मन्त्रालय पठाउन थालेको हो ।

‘म्याद सकिए पनि काममा प्रगति हुन नसकेका सबै आयोजनाको तथ्याङक सम्बन्धित बिषयगत कार्यालयबाट माग गरेर मैले अध्यन गरें,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले भने, ‘मन्त्रालयमा पनि तथ्याङक पठाउन शुरु गरेका छौ, लापरवाही गर्ने ठेकेदारलाई अव धमाधम कारवाही गर्छाै ।’

एघार किलो छेवेटार भालुस्वारा बारपाक सडक आयोजना, जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा र शहरी विकास तथा भवन डिभिजन कार्यालय अन्तर्गतका योजनाहरुको प्रगति निकै न्यून रहेको उनले बताए । बिशेष गरी सडकका योजनहरुको काममा प्रगति हुन सकेको छैन ।

सम्पर्कमा नआउने ठेकेदारलाइ सिधै कारवाही

म्याद सकिएर पनि काम नगर्ने र सम्पर्कमा नआउने ठेकेदारलाइ सिधै कारवाही गरिने प्रजिअ भट्टराइले चेतावनी दिएका छन् ।

म्याद सकिएपनि काम नगर्ने र आयोजना कार्यालयको सम्पर्कमा नआउने ठेकेदारहरुलाइ कानून अनुसार कारवाही गर्ने उनले जानकारी दिए । ‘जिल्लाको बिकास निर्माणका काममा भएको ढिलाइको समस्यालाइ तिन भागमा बाडेर समाधान गर्छौ, म्याद थपको अवधि बाँकी रहेका आयोजनाहरुलाई बनाउन सहयोग गर्छाै, प्राविधिक समयमा खटाउने र सरकारी भूमिका प्रभावकारी बनाउने र म्याद सकिएपनि सम्पर्कमा नआउने ठेकेदारलाइ भने कारवाही गर्नेछौ,’ प्रजिअ भट्टराइले भने ।

धेरै योजनाको ठेक्का पार्ने तर काममा भने लापरवाही गर्ने ठेकेदारको प्रवृतिका कारण समयमै योजनाहरु सम्पन्न हुन नसकेको उनले बताए । ‘एउटै ठेकेदारले बिभिन्न जिल्लामा काम गरिरहेका हुन्छन्, गोरखामा काम नगर्ने तर अन्त काम गरिरहेका पनि हुन सक्छन्, गोरखामा बदमास गर्ने ठेकेदारलाई अन्त पुरस्कृत हुन हामी दिन्नौ,’ प्रजिअले भने ।

काम नगर्ने ठेकेदारले अन्य जिल्लामा लिएको ठेक्का पनि रोक्का गर्नका लागि मन्त्रालयमा तथ्याङ मन्त्रालय पठाएको उनको भनाइ छ ।

म्याद थपमा कडाइ गरिने

बिभिन्न वहाना देखाएर आयोजनाको म्याद थप गर्ने प्रवृति अन्त्यका लागी म्याद थपमा कडाइ गरिने प्रजिअ भट्टराईले बताएका छन् ।

अपवाद बाहेक म्याद थप नगर्न सम्बन्धित कार्यालयका प्रमुख र आयोजना प्रमुखलाइ निर्देशन दिइसकेको उनले जानकारी दिए । ‘म्याद थप गर्ने कामलाइ यस अघि अन्त्यन्त सामान्य बनायौ जसले गर्दा म्याद थप गरिहाल्छ भनेर ठेकेदारले लापरवाही गरे, अव अपवाद वाहेकको अन्य अवस्थामा म्याद थप नगर्न सबै बिषयगत कार्यालयका प्रमुखहरुलाई निर्देश गरिसकेको छु, अव म्याद थप्ने बेलामा त्यसको कारण बिश्लेषण गरेर ‘जेन्यून’ रुपमा कारण नदेखिएमा म्याद थप हुदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?