Comments Add Comment

मिलनले अनमोल रोज्दा बर्षालाई मर्का


निर्देशक मिलन चाम्स नयाँ चलचित्र निर्माणमा लागेका छन् । उनले, नायक अनमोल केसीलाई लिएर असोजदेखि नयाँ चलचित्रको छायांकन गर्ने तयारी गरेका हुन् ।

मिलनले अनमोल केसीलाई नयाँ चलचित्रमा अनुवन्धित गर्दा नायिका बर्षा सिवाकोटीलाई भने तनाव भएको छ । किनकी, मिलनले नायिका बर्षालाई चलचित्र ‘विर विक्रम २’मा केही समय अगाडि अनुवन्धित गरेका थिए ।

यो चलचित्रको छायांकन जेठबाट सुरु गर्ने उनको योजना थियो । तर, अब मिलनले तत्काल यो चलचित्रको निर्माण नगर्ने भएका छन् । सुदिप खड्कासँग मिलेर नायक अनमोल केसीलाई नयाँ चलचित्रमा साइन गरेपछि मिलन यतातर्फ मोडिएका छन् । विदेशमा यो चलचित्रलाई उच्च मेकिङका साथ खिच्ने उनको योजना छ । जसले गर्दा, बर्षाले सर्वाधिक आशा गरेको चलचित्र ‘विर विक्रम २’को निर्माण अन्यौलमा परेको छ ।

बर्षाले यो चलचित्रका लागि केही अफरहरु पन्छाएकी थिइन् । तर, अनमोल जस्ता स्टारलाई लिएर चलचित्र बनाउन लागेपछि मिलनले अन्य प्रोजेक्टलाई साइड लगाउने नै भए । जसको प्रत्यक्ष मारमा बर्षा परेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment