Comments Add Comment

छवी-शिल्पादेखि दिनेश-नम्रतासम्म, कसले कसलाई च्यापेका छन् ?


केही दिन अगाडि एक नायिकाले गुनासो गर्दै भनेकी थिइन्, चलचित्र क्षेत्रमा धेरैका प्रेमी-प्रेमिका हिट छन् । हिट हुनका लागि प्रेम नै गर्नुपर्ने रहेछ क्या हो ?

ठट्यौली शैलीमा भने पनि यी नायिकाको भनाइमा पनि धेरै दम छ । किनकी, चलचित्रको दुनियाँमा सम्बन्धको आधारमा पनि काम पाइने कुरामा दुइमत छैन ।

हुन त, राम्रो काम गर्ने कलाकारलाई काम पाउन त्यथि मुश्किल छैन । बजारमा डिमान्डेड बनेका कलाकारहरुलाई निर्माताहरुले ठूलो धनराशी खर्चेर साइन गराइरहेका छन् । तर, कतिपय कलाकारलाई व्यक्तिगत सम्वन्धका आधारमा निर्माता, निर्देशक वा कलाकारले काखी च्याप्ने गरेका छन् ।

उसो त यो नेपाली चलचित्रमा पुरानै रोग हो । निर्देशक दीपक श्रेष्ठले नायिका यूना उप्रेतीलाई मात्र लिएर चलचित्र बनाउने गर्थे । शोभित बस्नेतले रेजिना उप्रेतीलाई र नरेश पौड्यालले अरुणिमा लम्साललाई यसैगरी च्याप्थे । अझ पछाडि फर्किने हो भने निर्देशक तुलसी घिमिरेले नायिका निरुता सिंहलाई सुरुदेखि संरक्षण दिएका थिए ।

अब अहिलेको कुरा गरौं । अहिले पनि धेरै यस्ता निर्देशक छन्, जो एउटै नायिकालाई चलचित्रमा दोहोर्‍याइरहेका छन् । अनि कतिपय नायकले पनि आफू निकटका नायिकालाई सिफारिस गर्न थालेका छन् । उनीहरुमध्ये कतिपय खुलेर प्रेममा छन् भने कतिपय गुपचुपरुपमा प्रेममा रहेको चर्चा छ । को-को हुन् त उनीहरु ?

छवि ओझा-शिल्पा पोखरेल
एक साथ रहँदासम्म निर्माता छविराज ओझाले नायिका रेखा थापाको विकल्प नै खोजेनन् । आफ्नै घरमा नायिका हुँदा हुँदै बाहिर किन खोज्नु भन्दै छविले रेखालाई नायिका बनाइरहे । तर, रेखासँग डिभोर्स भएपछि छविले उनको विकल्प खोज्न आवश्यक ठाने । रजनी केसीबाट सुरु भएको उनको विकल्प खोज्ने यात्रा शिल्पा पोख्रेलमा आएर टुंगियो । अहिले छविराज ओझाको ब्यानरमा शिल्पाबाहेक अरु नायिका देख्न दर्शकले पाउँदैनन् । छवी र शिल्पा प्रेम सम्वन्धमा छन् र चाँडै बिहे गर्ने उनीहरुले बताएका छन् ।

सुदर्शन थापा-पुजा शर्मा
नायिका पूजा शर्मालाई चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि नै निर्देशक सुदर्शन थापाको साथ छ । पूजाले सुदर्शनबाहेक अरुका चलचित्रमा काम गरेकी पनि छैनन् । सुदर्शन र पूजाको केमेस्ट्री जमेको लामै समय भैसकेको छ । अब, त यी दुईले मिलेर चलचित्र निर्माण पनि थालिसकेका छन् । जसले गर्दा, पूजाको करिअरलाई पनि त्यति जोखिम छैन । उनीहरुबीच प्रेम रहेको चर्चा चले पनि उनीहरुले स्वीकारेका छैनन् ।

प्रदिप खड्का-जसिता गुरुङ
नायक प्रदिप खड्कालाई पछिल्लो समय नायिका जसिता गुरुङलाई सिफारिस गर्न थालेको आरोप लाग्न थालेको छ । जसितालाई चलचित्र साइन गर्न प्रदिपको अनुमति चाहिन्छ भन्ने चर्चा पनि चलचित्र क्षेत्रमा चलेको छ । जसितालाई एक चर्चित निर्माताले आफ्नो चलचित्रका लागि सिफारिस गर्ने सोच बनाएका थिए तर प्रदिपको सिफारिश चाहिने सुनेपछि उनी भड्किए । निर्माता गोविन्द शाहीको नयाँ चलचित्रमा जसिता प्रदिपको जोडी हुनुको पछाडि पनि उनीहरुको निकटतालाई मुख्य कारण मानिएको छ ।

पल शाह-आँचल शर्मा
नायक पल शाह र नायिका आँचल शर्माको जोडी ‘शत्रु गते’ रिलिजको समयमा खुबै छायो । पलले पनि आँचललाई च्याप्ने गरेको चर्चा नचलेको होइन । आँचलले अभिनय गरेका ३ वटा चलचित्रमा पल हिरो हुनुले पनि यो चर्चालाई बल पुगेको हो ।

अहिले पलले नयाँ चलचित्र साइन नगर्दा आँचलले पनि गरेकी छैनन् । पल र आँचल एक अर्काविना चलचित्र नै खेल्दैनन् भन्ने चर्चा पनि चल्ने गरेको छ । तर, यो कुरालाई दुबैले अस्विकार पनि गर्दै आएका छन् ।

दिनेश राउत-नम्रता श्रेष्ठ
निर्देशक दिनेश राउतले नायिका नम्रता श्रेष्ठलाई छाडेका छैनन् । नम्रतासँग काम गर्न सहज हुने भन्दै उनले नम्रताविना काम नै नगर्ने छनक देखाएका छन् । नम्रताकै बिषयमा कुरा नमिल्दा उनको र नायक आर्यन सिग्देलको एकसाथ चलचित्र बनाउने सपना पुरा हुन सकेन । दिनेशले नम्रतालाई लिएर ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ बनाइसकेका छन् भने अब ‘प्रसाद’को तयारीमा छन् ।

अर्पण थापा-ऋचा शर्मा
नायिका ऋचा शर्मा र अर्पण थापाको जोडी पनि यस्तै हो । उनीहरु दुवैले एक-अर्कालाई फिल्ममा सिफारिस गर्ने गरेको आफैंले स्वीकारेका छन् । चलचित्र बजारमा यी दुइको प्रेम चर्चा चले पनि उनीहरुले यसलाई स्विकार भने गरेका छैनन् । तर, ऋचा र अर्पणले एक अर्कालाई च्यापेको पक्का हो । हाल प्रदर्शनरत फिल्म सुनकेशरी ऋचाले निर्माण र अर्पणले निर्देशन गरेका हुन् ।

प्रियंका कार्की-आयूष्मान देशराज
नायक आयुष्मान देशराज जोशीको करिअर पनि नायिका प्रियंका कार्कीसँग प्रेममा परेपछि फेरिएको छ । यसको पछाडि प्रियंकाले आयुष्मानलाई आफ्ना प्रोजेक्टमा सिफारिश गर्ने गरेको चर्चा चलेको छ । ‘कथा काठमाडौं’ को बाट सुरु भएको प्रियंका र आयुष्मानको यात्रा ‘एउटा यस्तो प्रेम कहानी’, चंगाचेट’ सम्म आइपुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment