+
+

ढुंगेलको सजाय मिनाहा गरेको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १६ गते २०:४०

१६ जेठ, बुटवल । सरकारले बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा गरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले रुपन्देहीमा प्रदर्शन गरेका छन् ।

सजाय मिनाहा गरेको विरोधमा राममणि बहुमुखी क्याम्पसका नेविसंघका विद्यार्थीले राष्ट्रपति विद्यादेव भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाए ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउन लागेपछि पहरीले हस्तक्षेप गरेको थियो ।

राममणि क्याम्पसबाट निस्किएको विरोध जुलुस तिलोत्तमाको मणिग्राम चोकमा पुगेर पुत्ला दहन गरेको हो । पुत्ला जलाउने बेलामा प्रहरीले हस्तक्षेप गरेको नेविसंघ सभापति चिरञ्जिवि बस्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?