Comments Add Comment

कस्तो चल्यो ‘अमेरिका बोइज’ ? हलमा पुगेका कलाकार


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘अमेरिका बोइज’ले दर्शकको राम्रो प्रतिक्रिया पाएको यसको निर्माणपक्षले बताएको छ । शुक्रबार र शनिबार चलचित्रले राम्रो व्यापार गरेको दाबी समेत गरिएको छ ।

हिरा र चिठ्ठाको वरिपरी नै यो चलचित्र घुमेको छ । पूर्ण रुपमा कमेडी कथामा निर्माण भएको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन । चलचित्रमा अर्पण थापा, अभय बराल, आशिष प्रसाइको वरिपरी घुमेको यो चलचित्रले शनिबार सिंगल र मल्टिप्लेक्स हलमा राम्रो कमाई गरेको छ । चलचित्रको हल रिपोर्ट वुझ्नका लागि यसका कलाकार शनिबार केही हलमा पुगेका थिए । दर्शकले दिएको प्रतिक्रियाबाट आफूहरु खुशी भएको यसको निर्माणपक्षले बताएको छ ।

चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्कीको पनि मुख्य भूमिका छ । प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको संयुक्त लगानीमा यो चलचित्र बनेको हो । चलचित्रको वर्ड अफ माउथ सुखद रहेकाले दर्शक बढ्ने विश्वास लिइएको छ ।

शुक्रबारबाट नै रिलिज भएका अन्य २ नेपाली चलचित्रको व्यापार भन्दा ‘अमेरिका बोइज’को व्यापार धेरै माथि रहेको हल संचालकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment