Comments Add Comment

अन्नपूर्ण शताव्दी पर्यटन महोत्सवमा आर्मीको बर्चस्व, रिमाल बने पहिलो

२० जेठ, पोखरा । अन्नपूर्ण शताव्दी पर्यटन महोत्सवको अवसरमा आयोजित म्याराथन दौडमा नेपाली सेनाले बर्चस्व जमाएको छ । म्याराथनमा नेपाली सेनाका हरि कुमार रिमाल प्रथम भएका छन् ।

उनले निर्धारित ४२ दशमलवग १९५ किलोमिटरको दुरी चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

प्रतियोगितामा नेपाली सेनाकै पूर्ण तामाङ दोस्रो भए । उनले निर्धारित दुरी चार घण्टा १७ मिनेट ४२ सेकेण्डमा पार गरे ।

चार घण्टा २० मिनेट ३९ सेकेन्डमा निर्धारित दुरी पार गरेका होमलाल श्रेष्ठ तेस्रो भए । उनी पनि नेपाली सेनाकै हुन् ।

म्याराथनमा प्रथम भएका रिमालले एक लाख, दोस्रो भएका तामाङले ७० हजार र तेस्रो भएका श्रेष्ठले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment