Comments Add Comment

महंगी नियन्त्रण गर्न देजमोको माग


२१ जेठ, काठमाडौं । वैद्य माओवादी सम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्य पूर्ववत अवस्थामा फर्काउन र उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि घटाउन मोर्चाले माग गरेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको असरले चौतर्फी महंगी बढेको छ । त्यसको मारमा आम उपभोक्ता परेका छन् ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले सोमबार निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्य पूर्ववत अवस्थामा ल्याउनुको साथै उपभोग्य बस्तुमा बढेको महंगी घटाउन सरकारले तुरुन्तै कदम चालोस् भन्ने हामी जोडदार माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment