Comments Add Comment

प्रहरी अनुप र पत्रकार सन्दिपाको प्रेम, ‘कप्स’को छायांकनमा जे देखियो(फोटो र भिडियोसहित)


आइतबार काठमाण्डौको बसुन्धरास्थित धापासी हाइटमा केही फरक दृश्य देखियो । प्रहरीको बर्दीमा नायक अनुप विक्रम शाही संवाद बोल्दै थिए । उनको साथमा, केही प्रहरीहरु पनि थिए ।

बास्तवमा यहाँ चलचित्र ‘कप्स’को छायांकन भैरहेको थियो । सम्राट सापकोटाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा अनुप विक्रम डीएसपीको भूमिकामा देखिदैछन् । उनको साथमा, चलचित्रमा नव-नायिका सन्दिपा लिम्बुले काम गरिरहेकी छिन् । चलचित्रमा अनुप र सन्दिपाको साथमा अमित गिरीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

चलचित्रको सुटिङ रिपोर्टको भिडियो यहाँ हेर्नुहोस्ः

एक्सन र लभ स्टोरीको मिश्रणको रुपमा यो चलचित्र बनिरहेको छ । चलचित्रका लागि महंगो बजेट खर्च गरिएको निर्माणपक्षले बताएको छ । राम शाक्यको प्रस्तुतिमा तयार भैरहेको यो चलचित्रलाई सारा श्री र आर्या मुभिजको ब्यानरमा निर्माण गरिएको हो । नायक अनुपविक्रमले चलचित्रमा आफू एक निडर र कर्तव्यनिष्ठ प्रहरीको भूमिकामा देखिएको बताए ।

अनुपले नव-नायिका सन्दिपाले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । चलचित्रमा सन्दिपा पत्रकारको भूमिकामा देखिएकी छिन् भने अनुप प्रहरीको भूमिकामा देखिएका छन् । चलचित्रमा यी दुइविचको प्रेम सम्बन्ध पनि देखाइएको छ ।

चलचित्रमा सुशन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । चलचत्रिले ‘थ्री पी’को कथालाई उठान गरेको छ । जसमा पोलिटिक्स, प्रहरी र जनता पर्छन् । चलचित्रको हालसम्म ७५ प्रतिशत छायांकन सकिएको जानकारी दिइएको छ । चलचित्रको एउटा गीतको छायांकन टर्कीमा गर्ने योजना यसको निर्माणपक्षको छ ।

तस्बिर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment