Comments Add Comment

झमेलामा पर्‍यो रजनीकान्तको फिल्म, एक अर्ब क्षतिपूर्ति माग गर्दै मुद्दा

रजनिकान्तको फिल्म ‘काला’ चाडै रिलिजको तयारीमा छ । तर फिल्म रिलिजको पूर्वसन्ध्यामा कानूनी झमेलामा फसेको छ ।

मुम्बईर्का क पत्रकारले फिल्म निर्माताहरुमाथि मानहानीको मुद्दा हालेका हुन् । जवाहर नडार नामका ती पत्रकारको दावी छ कि रजनीकान्तले फिल्ममा निभाएको ग्यांगस्टरको क्यारेक्टर आफ्ना बाबु थिरावयिम नडारको वास्तविक जीवनमा आधारित छ ।

आफ्नो बुवाको चरित्रलाई नकारात्मक रुपमा पेश गरिएको भन्दै उनले यसका लागि एक अर्ब भारु क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । साथै फिल्मका निर्माताले आफ्नो परिवारसँग झुकेर माफी माग्नुपर्ने पनि उनको भनाई छ । आफ्नो बाबुको जीवनमाथि फिल्म बनाउँदा परिवारसँग अनुमति नलिइएको उनको भनाई छ ।

यस विषयमा ‘काला’ का निर्माताहरुको भनाई आएको छैन । यो फिल्म रजनीकान्तका ज्वाईं धनुषले बनाएका हुन् । महंगो बजेटको फिल्ममा नाना पाटेकर र हुमा कुरैशीको पनि अभिनय रहेको छ । यो फिल्मलाई भारतको कर्नाटक राज्यमा रोक लगाइसकिएको छ । रजनीकान्तले दिएको एउटा विवादास्पद अभिव्यक्तिका कारण त्यहाँ रोक लगाइएको हो ।

तर, फिल्म स्रोतले भने यो फिल्मको विषयवस्तु धेरै न परिवर्तन रिएको जनाएको छ । रजनीकान्तले चाहिँ मुख खोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment