Comments Add Comment

नबिल बैंकले सुरू गर्यो टीम निर्माण अभियान, उपत्यकाका ६५० कर्मचारी सहभागी

जेठ २१, काठमाडौं । नबिल बैंकले काठमाडौंमा उपत्यकामा कार्यरत कर्मचारीहरुको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित ‘सर्जिङ टुगेदर अहेड’ नाम दिइएको कार्यक्रममा बैंकको काठमाडौं उपत्यकामा कार्यरत ६५० भन्दा बढी कर्मचारीको उपस्थिती रहेको थियो ।

यसबारे अनलाइनखबरसँग कुरा गर्दै बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘नबिल बैंकको लागि सबैभन्दा ठूलो स्रोत हाम्रो मानव संशाधन हो । कर्मचारीहरुमा आपसी तालमेल बढाइ ग्राहकहरुलाई छिटोछरितो र उत्कृष्ट सेवा दिन यस्तो कार्यक्रम गरिएको हो ।’

बैंकले यसअघि व्यवस्थापन स्तरका ६३ जनालाई तीन दिने ‘टिम बिल्डिङ’ तालिम दिएको थियो । आगामी दिनमा बैंकले सात वटै प्रदेशमा यस्ता कार्यक्रम गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment