Comments Add Comment

काठमाडौं स्टिल प्रालिको नेपाल गुणस्तर चिहृन खारेज

२२ जेठ, काठमाडौं । गुणस्तर तथा नापतौल विभागले नवलपरासीको काठमाडौं स्टिल प्रालिबाट उत्पादन हुने फलामे डण्डीको नेपाल गुणस्तर चिहृन खारेज गरेको छ ।

काठमाडौं स्टिलबाट उत्पादित विभिन्न साइजका डण्डीहरुको नमुना परीक्षण गर्दा भौतिक चारित्रिक गुण नेपाल गुणस्तर १९१ बमोजिम नपाइएकाले इजाजत पत्र खारेज गरेको विभागले जानकारी दिएको छ ।

काठमाडौं स्टिल प्रालिबाट उत्पादित एर्फइ ५०० ग्रेडको फलामे डण्डीका ८ मिमि, १० मिमि, १२ मिमि र १६ मिमि साइजका नमु्ना परीक्षण गर्दा गुणस्तर अनुसार नमिलेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment