+
+
Shares

प्रदेश ७ मा नेकपाको संसदीय दलको नेतामा मुख्यमन्त्री भट्ट चयन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २२ गते १७:१२

जेठ २२, धनगढी । प्रदेशसभा ७ मा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् ।

धनगढीमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

बैठकले दलको उपनेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचेतकमा तारा लामा तामाङ र सचेतकमा र सचेतकमा अक्कल रावल सर्वसम्मत चयन भएका हुन् ।

एमालेका तत्कालिन प्रदेश सयोजक भीम रावल, माओवादी केन्द्रका तत्कालिन प्रदेश ईञ्चार्ज लेखराज भट्ट, एमालेका सह-ईञ्चार्ज कर्णबहादुर थापा र माओवादी केन्द्रका प्रदेश संयोजक लक्ष्मीदत्त जोशी रहेको कार्यदलले प्रदेश कमिटी र जिल्ला कमिटीको पुनर्गठनको तयारीमा लागेको सह-ईञ्चार्ज थापाले जानकारी दिए ।

उनले छिट्टै जिल्ला कमिटीहरुको गठन गरिने समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?