Comments Add Comment

डोटीमा निर्माणाधीन पुल भाँचिदा तीन घाइते

२२ जेठ, डोटी । डोटीको सेती नदीमा निर्माणाधीन झोलुङ्गे पुल भत्किदाँ तीन जना घाइते भएका छन् ।

शिखर नगरपालिका-१ र दिपायल सिलगढी नगरपालिका-३ जोड्ने गेरुपानीस्थित निर्माणाधिन झोलुङ्गे पुल भत्किदा पुल निर्माणमा काम गरिरहेका तीन जना घाइते भएका हुन ।

घाइते हुनेमा सुनसरी गडी गाउपालिका- २ का दिलिप कुमार यादव, सोही ठाउँमा २० वर्षीय युवराज चौधरी र सोही ठाउका २२ वर्षीय सुकेत ऋषिदेव रहेका छन ।
घाइतेमध्ये युवराज चौधरी गम्भिर चोट लागेको छ । उनलाई नेपालगञ्ज रिफर गरिको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले वताए ।

पुलको टावर खडा गरिसकेर स्टिल डेग कस्ने काम पनि अन्तिम चरणमा पुगेको थियो । ‘काममा व्वस्त थियौं एक्कासी टावर भत्किदा दुई जना पानीमा खसे एक जना किनारमा परेर बढी घाइते भए’ दिलिपले भने । घाइते दुई जनाको दिपायलस्थित शैलेश्वरीमा उपचार भइरहेको छ ।

झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको भएता पनि पुलका केवलहरु पुरा मात्रामा नकसिएका कारण असन्तुलन भइ पुल भाचिएको प्रहरी नायव निरीक्षक कुँवरले बताए ।

पुलको ठेक्का काठमाण्डौंको खम्वाचो सविना निर्माण सेवाको रहेको छ । पुलको स्ट्याण्ड टन भाँचिदा दुइवटै टावर भाँचिएर नदिमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment