Comments Add Comment

उपभोक्ता समिति अध्यक्षले कुटे कार्यकारी अधिकृत

२२ जेठ, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा एकजना कर्मचारीमाथि हातपात गरिएको छ । एक उपभोक्ता समितिका अध्यक्षले नगरपालिकाका निमित्त कार्यकारी अधिकृत उमेश यादवमाथि हातपात गरेका हुन् ।

नगरपालिकाको वडा नम्बर ५ मा विद्युतिकरणका लागि गठन भएको उपभोक्ता समितिका अध्यक्ष महेश यादवले मंगलबार हातपात गरेको कर्मचारीहरुले बताएका छन् ।

पाँच लाखको योजनाको काम गर्न गठित समितिका अध्यक्ष महेशले काम गर्नुअघि धरौटी वापत नगरपालिकाको खातामा जम्मा गरेको २० प्रतिशत रकम फिर्ता माग्दै हातपात र दुव्र्यबहार गरेको कार्यकारी अधिकृत यादवले बताए ।

उपभोक्ता समितिका अध्यक्ष बन्दा नगरपालिकामा लेखापाल थिएनन् । करिब एक महिनासम्म लेखापाल नहुँदा नगरपालिकाको कामकाज प्रभावित भइरहँदा महेशले काम नगर्ने र जम्मा गरिएको रकम फिर्ता पाउन माग गरेका थिए । फिर्ता रकमको माग गर्दै महेशले सोमबार पनि कार्यकारी अधिकृत यादवलाई गालीगलौज गरेका थिए ।

सोमबार नै महेशलाई उनले जम्मा गरेको रकमको चेक काटेर नगरपालिकाले दिएको थियो । तर सामान्य त्रुटीका कारण चेक बैंकले साटेको थिएन् ।

बैंकले चेक नसाटेपछि मंगलबार आएका महेशले बैंकले चेक नसाटेको भनेपछि अर्काे चेक दियौं कार्यकारी अधिकृत उमेशले भने, चेक लिएर जाने क्रममा आफूमाथि हातपात गर्दै गालीगलौज समेत गर्यो । हातपात गर्दै बाहिर निस्केका महेशले राष्टिय बाणिज्य बैंकको कठौना शाखाबाट रकमसमेत झिकेको कर्मचारीहरुले बताएका छन् ।

कामकाज ठप्प

उपभोक्ता समितिका अध्यक्ष महेशले कार्यकारी अधिकृत उमेश यादवलाई कुटपिट गरेको बिरोधमा नगरपालिकाका कर्मचारीहरुले कामकाज ठप्प पारेका छन् ।
यादवमाथि हातपात भए लगत्तै बसेको कर्मचारीहरुको आकस्मिक बैठकले कामकाज ठप्प पार्ने निर्णय गरेका हुन् ।

नगरपालिका कार्यालयसहित सबै वडा कार्यालयको कामकाजसमेत ठप्प पार्ने निर्णय भएको कार्यकारी अधिकृत यादवले बताए ।

कर्मचारीहरुले हातपात गर्नेमाथि कारबाही नगरिएसम्म काममा नफर्किने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment