Comments Add Comment

आर्यन र साम्राज्ञीले लुकाउँदा लुकाउँदै बाहिरियो ‘कायरा’को यस्तो भिडियो

 

नायक आर्यन सिग्देलले चलचित्र ‘कायरा’को कुनै पनि दृश्य सार्वजनिक नहोस् भन्ने चाहेका छन् । उनले, चलचित्रको प्रचारको सुरुवात पनि गरेका छैनन् । चलचित्रमा आर्यन र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको कस्तो भूमिका र गेटअप छ भन्ने पनि अहिलेसम्म खुलाइएको छैन । साउनमा चलचित्र रिलिज गर्ने बताइएको छ । लभ स्टोरी कथामा यो चलचित्र बनेको हो ।

नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको यो चलचित्रको छोटो भिडियो बाहिरिएको छ । सम्पादन टेबुलबाट नै यो भिडियो बाहिर आएको हो ।

भिडियोमा आर्यन र साम्राज्ञी फिलिपिन्सको सडकमा विन्दास अवतारमा हिडिरहेका छन् । चलचित्रको अहिले पोष्ट प्रोडक्शनको काम भैरहेको छ ।

लक्ष्मण रिजालले निर्देशन गरेको यो चलचित्र प्रतिक्षित छ । आर्यन सिग्देल र साम्राज्ञीको जोडी चलचित्रको पर्दामा कस्तो देखिएका होलान् भन्ने कौतुहलता दर्शकमा छ । यहीविचमा, चलचित्रको छोटो दृश्य बाहिरिएको छ । जसले, आर्यन र साम्राज्ञीको चलचित्र भित्रको लुक्स भने खुलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment