Comments Add Comment

राईको परिवारलाई नेपाली स्पोर्ट्स क्लव फुजेराको सहयोग

२५ जेठ, फुजेरा । सवारीसाधनको ठक्करबाट गत अप्रिल महिनामा निधन भएका नवलपरासीका कृष्ण राईको परिवारलाई फुजेरामा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

नेपाली स्पोर्ट्स क्लब फुजेराको अग्रसरतामा ४५ जना सहयोगी दाता र झापाली समाज फुजेरा क्षेत्रीय समितिको संस्थागत सहयोगमा ६८ हजार ७ सय १४ रुपैयाँ सहयोग गरिएको हो ।

नवगठित फुजेरा स्पोर्ट्स क्लबका अध्यक्ष रामशरण अधिकारी, सचिब सुरज बगर र कोसाध्यक्ष ध्रुब क्षेत्रीको संयोजकत्वमा उक्त रकम संकलन भएको हो ।

संकलन भएको रकम मृतककी आमा धनलक्ष्मी राईको नाममा पठाइएको सहयोग संकलन समितिका सदस्य लालबहादुर क्षेत्रीले बताएका छन् ।
फुजेराको लुलु मार्केटमा कार्यरत राई साइकलबाट कोठा फर्किरहेका बेला स्थानीय नागरिकले चलाएको कारको ठक्करबाट गम्भीर घाइते भइ फुजेरा हस्पिटलमा भर्ना भएका राई हप्तापछि मृत घोषित भएका थिए ।

३० वर्षका राईका शरीरका महत्त्वपूर्ण अंग दान गर्न भनी नेपालबाट झिकाइएका मृतकका दाइ ज्ञानबहादुर राईले असहमति जनाएपछि शव नेपाल पठाइएको थियो ।

मृतक राईले कम्पनीबाट तलब र अन्य बोनस गरेर १३ हजार दिराम ९करिब ३ लाख ७५ हजार रुपैयाँ० नेपाली दूतावासमार्फत पठाइएको जानकारी राईका सहकर्मीहरुले दिएका छन् ।

राईको परिवारलाई राहत मिलोस भनी लुलुमा कार्यरत सहकर्मीहरुले पनि १० हजार दिराम ९करिब २ लाख ९५ हजार रुपैयाँ० यसअघि नै पठाइसकेको जानकारी लुलुमै कार्यरत बिमल बिश्वकर्माले दिएका छन् ।

नेपालबाट मृतकका आवश्यक कागजातहरु झिकाइएको र कम्पनीको पिआरओले राईको केसलाई फलोअप गरिरहेका कारण बिमा रकम पनि छिटो पाउने मृतकका सहकर्मीहरुले बताएका छन्

झापाली समाजबाट पनि उपचारमा सहयोग

रोजगारीको सिलसिलामा यूएईको फुजेरामा बिरामी परेका दुई जना पीडितलाई झापाली समाज युएई फुजेरा क्षेत्रीय समितिले उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

फुजेराको एक ठुलो निर्माण कम्पनीमा स्काफफोल्डरका रूपमा कार्यरत जयपुर झापाका श्याम राजवन्शी कामकै सिलसिलामा लडेर देब्रे खुट्टा भाचिएका कारण दुई महिनासम्म घाइते अवस्थामा थिए ।

उनलाई झापाली समाजका प्रतिनिधिले भेट गरि कम्पनीसंग समन्वय गरि नेपाल बिदामा पठाएका थिए । उनैको उपचारका लागि १० हजार रुपैयाँ झापाली समाजको अग्रसरतामा संकलन गरेर नेपाल पठाइएको समाजका फुजेरा क्षेत्रीय समितिका अध्यक्ष काशिनाथ कार्कीले बताएका छन् ।

क्षेत्रीय उपाध्यक्ष गोपाल भण्डारी र मुरब्बा प्रतिनिधि खिनामाया मगरको संयोजकत्वमा संकलन भएको रकमबाट १० हजार रुपैयाँ झापा धुलाबारीका सुर्य शिवाकोटीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।

पीडित दुबै जना रोजगारीको क्रममा फुजेरामा हुँदा स्वास्थ समस्या भएका कारण उपचारका लागि नेपाल फिर्ता भइसकेका छन् । उक्त रकम झापाली समाज युएईको नेपाल सम्पर्क समितिको प्रथम अधिवेशनका दिन जेठ २६ गते झापामा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment