Comments Add Comment

प्रदेश ५ कोे नीति–कार्यक्रमबारे राजनीतिज्ञ तथा उद्योगीः राम्रो तर अपूरो


२६ जेठ, बुटवल । प्रदेश ५ सरकारले ल्याएको नीति तथा कार्यक्रम सन्तोषजनक भए पनि कार्यान्वयनमा शंका रहेको सरोकारवालाले बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश कार्यालय, बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने वक्ताहरुले गोलमटोल रुपमा नीति बनेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का प्रमुख सचेतक दधिराम न्यौपाने माधवले सरकारको कार्यक्रम राम्रो हुँदा हुँदै पनि केही छुटेको बताए । उनले अत्यन्तै महत्त्वका साथ नीति कार्यक्रम आएको र छुटेका कुराहरु क्रमशः समेटिँदै लगिने प्रतिबद्धता जनाए ।

प्रदेशको राजधानीको टुंगो बहुमतको आधारमा नहुने भन्दै उनले दुइतिहाइले यसको निर्णय गर्नुपर्ने बताए । राजधानीबारे निर्णय गर्दा ह्विप नलाग्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमालले सरकारको नीति तथा कार्यक्रममा राजधानीको कुरा र नामाकरण उल्लेख नहुनु लाजमर्दो भएको बताए । नीति कार्यक्रम हेर्दा राम्रो तर विस्तृतमा केही नभएको आरोप उनले लगाए ।

सघीय समाजबादी फोरमका नेता तथा प्रदेश सांसद सहश्रराम यादवले सरकारले ल्याएको नीति समृद्ध प्रदेश ,खुसी जनता भने पनि नीति र सरकारको काम गर्ने शैलीले जनता खुसी नभएको आरोप लगाए ।
उनले प्रदेश बलियो नबनेको बताउँदै प्रदेश बलियो नबन्दासम्म संघीयता मजबुत नहुने टिप्पणी गरे ।

उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नवराज श्रेष्ठले सरकारले ल्याएको एक गाउँ एक उत्पादन, एक गाउँ एक पोखरी, शित भण्डार उपयुक्त भए पनि उद्योगको विकास छुटेको बताए । उनले उत्पादन इकाइ बनाएर काम गनुपर्ने बताउँदै मोतिपुर औद्योगिक क्षेत्रको डीपीआर र सिद्धबाबाको डाँडो काट्ने बारे सोच्नुपर्ने बताए ।

लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्रा.डा. ईश्वर गौतमले सरकारले ल्याएको कतिपय नीति तथा कार्यक्रम राम्रो भए पनि उच्च शिक्षालाई महत्त्व नदिइनु बिडम्बना भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment