+
+
Shares

ट्युनिसियामाथि स्पेनको साँघुरो जित

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १२:०३

काठमाडौं । विश्वकप फुटबलको तयारीको रुपमा भएको मैत्रीपूर्ण खेलमा स्पेनले ट्युनिसियामाथि १-० को साँघुरो जित निकालेको छ ।

रुसको क्रासोन्दरमा भएको खेलमा सब्सिटिच्युट इयागो आस्पासले अन्तिम समयतिर गरेको गोलको मद्धतमा स्पेनले ट्युनिसिया माथि जित दर्ता गरेको हो ।

बलियो मानिएको स्पेनिस टोलीले औसत मानिएको ट्युनिसियालाई हराउन धेरै संघर्ष गर्नुपरेको थियो । रुसमा हुने विश्वकपमा इंग्ल्याण्डको पहिलो प्रतिस्पर्धी ट्युनिसियाका नैम स्लिटीले ६ यार्ड नजिकैबाट गोल गर्ने सुन्दर मौका गुमाए ।

ट्युनिसियाले केहि तिव्र गतिको काउन्टर अट्याकमार्फत कडा चुनौती पनि पेश गर्‍यो । तर, दुई खेलाडी परिवर्तन गरेपछि भने स्पेनिस टिम गोल गर्न सफल भयो ।

पछिल्ला २० खेलहरुमा अपराजित रहेको सन् २०१० को विश्वकप विजेता स्पेनका सब्सिटिच्युट डियगो कोस्टाको प्रहार ६५ औं मिनेटमा ट्युनिसियाका गोलकिपर आएमेन माथलौथीले रोकेका थिए ।

स्पेनले विश्वकपको पहिलो पहिलो खेल पोर्चुगल विरुद्ध असार १ गते शुक्रबार सोचीमा खेल्ने छ भने ट्युनिसियाले इंग्ल्याण्ड विरुद्ध भोल्गोग्राडमा सोमबार असार ४ गते सोमबार खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?