Comments Add Comment

माइक नचल्दा र पोष्टर खस्दा मलिनालाई तनावै तनाव


नायिका मलिना जोशीको चलचित्र रोजाइ खराब छ । कारण, उनले ठूला ब्यानरका र राम्रा कलाकारसँग न त चलचित्र खेल्न नै सकेकी छन् न त खेलेका चलचित्र सफल नै भएका छन् । यसैले पनि उनी राम्रो चलचित्रको खोजीमा छिन् । एउटा चलचित्रले राम्रो कमाई गरिदिएको खण्डमा मलिनालाई फाइदा हुनेछ ।

असार ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को अहिले प्रचार भैरहेको छ । तर, यो चलचित्रको कछुवा गतिको प्रचारले मलिनालाई फाइदा होला या नहोला, भोलीको कुरा हो । मलिनाले भने निर्माणपक्षले बोलाएको ठाउँमा आफ्नो उपस्थिती जनाएकी छिन्, मिडियासँग कुरा गरेकी छिन् ।

चलचित्रको बिषयमा जानकारी दिन आज आयोजना भएको पत्रकार सम्मेलनमा मलिना तनावमा देखिइन् । यसैपनि चलचित्रको प्रचार सुस्त भएको वुझेकी मलिना पत्रकार सम्मेलनमा मलिन देखिइन् । उनी मलिन देखिनुको कारण थियो, कमजोर व्यवस्थापन । बोल्ने बेलामा माइक चलेको थिएन, पछाडि राखिएको चलचित्रको पोष्टर खसेको खसै थियो । यसैले पनि मलिनाको मुड खराब भयो ।

तर, उनले दर्शकलाई चलचित्र राम्रो बनेकोले हेर्न आग्रह गरिन् । रोमान्टिक प्रेम कथामा बनेको यो चलचित्रमा मलिनाको साथमा नायक मनिष श्रेष्ठको मुख्य भूमिका छ । माहोल नै गडबड भएपछि मलिनाले धेरै बोलिनन् । हुनत, उनले आफू यसै बस्दा निराश जस्तो देखिने भन्दै बचाउ गर्ने कोशिश गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment