Comments Add Comment

बर्षाको ‘चौका दाउ’मा हट बन्ने यी को हुन् ?


४ पाका उमेरका मानिस र उनीहरुको प्रेम आकर्षणको कथालाई देखाइएको चलचित्र ‘चौका दाउ’ मंसिर १४ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रको प्रदर्शन मिति मंसिर १४ लाई नै फाइनल गरिएको निर्देशक पुर्णेन्द्रु झाले जानकारी दिए ।

यो चलचित्रमा नायिका बर्षा राउत मुख्य भूमिकामा छिन् । उनको साथमा, सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रको छायांकन लगभग सकिएको निर्देशक झाले जानकारी दिए । चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा तयार पारिएको छ ।
हालैमात्र, चलचित्रमा समावेश एक आइटम गीतको छायांकन गरिएको छ । ‘माया कतारमा’ बोलको गीतमा सोनीका केसी नाम गरेकी मोडलले हट नृत्य गरेकी छिन् ।

चलचित्रका मुख्य ४ पात्रहरु मस्ती गर्नका लागि डिस्को गएको समयमा यो गीत चलचित्रमा देखिने निर्देशक झाले जानकारी दिएका छन् । गीतमा सोनिका हट देखिएकी छिन् । सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले यो चलचित्र निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment